२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोइरालालाई छुट दिने फैसला पुनरावलोकन हुने



काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर रञ्जन कोइरालाको जन्मकैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको जन्मकैदको सजाय ८ वर्ष ६ महीनामा झार्ने सर्वोच्च अदालतको १५ असारको फैसलालाई पुनरावलोकन गर्ने फैसला गरेको हो ।

सर्वोच्चको फैसलापछि ८ साउनमा कोइराला डिल्लीबजार कारागारबाट छुटेका थिए । त्यसैदिन महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला कानून र नजीर बिपरीत भएको भन्दै पुनरावलोकनको निवेदन दर्ता गराएको थियो ।

त्यसपछि आजलाई पेशी तोकिएकोमा तीन न्यायाधीशको पूर्ण इजलासले फैसला पुनरावलोकन गर्ने निर्णय गरेको हो । १५ असारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालालाई जन्मकैद गर्दा चर्को पर्ने र ८ वर्ष ६ महीना मात्रै कैद गर्दा पनि सजायको मक्सद पूरा हुने भन्दै उनको सजाय घटाउने फैसला दिएको थियो ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आइतबार ००:००  ८ : ३३ बजे