२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोखामा सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने



टोखा नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ। टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित)मा भएको व्यवस्थाबमोजिम सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो।

नगरप्रमुख प्रकाश अधिकारीले सार्वजनिक स्थलबाट एक सय मिटर वरपरको क्षेत्रभित्र सूर्तीजन्य पदार्थको बिक्री–वितरण गरेमा कानुनबमोजिम कारबाही हुने बताए ।

सो नगरपालिकाले गत हप्ता मात्रै नगरभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ। काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन्।

प्रकाशित मिति : २०८०, २२ श्रावण सोमबार ००:००  २ : ४६ बजे