२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा ऐनका विवादास्पद प्रावधान सच्चाउन नेशनल प्याब्सनको माग

माग पुरा नभए देशभरिका विद्यालय बन्द गर्ने चेतावनी



शिक्षा ऐनका विवादास्पद प्रावधान सच्चाउन नेशनल प्याब्सनको माग गरेको छ । नेशनल प्याब्सनको कार्यसमिति बैठकले संघिय शिक्षा ऐनका मस्यौदाहरूमा रहेका विवादास्पद प्रावधानहरू संशोधन गर्न सरकारसँग माग गरेको हो ।

विवादास्पद प्रावधानहरू संशोधन नगरे देशभरकै विद्यालयहरू बन्द गर्ने चेतावनी दिएको छ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसिएसन (नेशन प्याब्सन) को बसेको बैठकले संघिय शिक्षा ऐनका मस्यौदामा रहेका विवादास्पद प्रावधानहरू संशोधन गरेर आफुहरूको माग समावेश गर्दै अगाडि नबढेमा देशभरिका विद्यालयहरू बन्द गर्ने चेतावनी दिएको हो ।

काठमाडौंको सिनामंगलमा बसेको संघर्ष तयारी बैठकले शिक्षा ऐनका मस्यौदाहरूमा उल्लेख गरिएका विवादास्पद प्रावधानहरू समयमा नै नसच्चाए देशभरिका विद्यालय बन्द गर्न र सरकारलाई ताला चावि बुझाउन आफुहरू बाध्य हुने निर्णय गरिएको नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठले बताए ।

नेशन प्याब्सनका समस्या साथै, शिक्षा ऐनका प्रावधानहरू लाई समाधान गरेर अगाडि बढ्न सरकारलाई चुनौती दिदैँ नेसनल प्याब्सनले समस्याहरू समयमा नै समाधान तर्फ अगाडि नबढे विद्यालय बन्ददेखि विभिन्न विरोधका कार्यक्रमहरू घोषणा गर्ने पूर्व तयारी समेत गरेको छ ।

सरकारले आफुहरूलाई समावेश गरेर निजि तथा आवासीय विद्यालयहरूको समस्यालाई समाधानको बाटोतर्फ लाग्न समेत जोडदार माग गरेको छ ।

नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष खड्गबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न बैठकलाई प्रमुख आतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले सम्बोधन गरेका थिए ।  बैठकमा बाग्मती प्रदेशका उपाध्यक्ष देवनारायण महतो लगायत विभिन्न महानगरपालिका, पालिकाका पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८०, २३ श्रावण मंगलबार ००:००  १ : ४८ बजे