२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वरका प्रप्रअको प्रष्टोक्ति ‘मिथ्या भ्रम छरेर चरित्रहत्या गरियो, हल्लामा सत्यता छैन’



गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले आफु विरुद्ध मिथ्या भ्रम छरेर चरित्रहत्या गर्न खोजिएको प्रष्टोक्ति दिएका छन् । पदको दुरुपयोग गर्दै विभिन्न समूहलाई पैसा बाँडेको, अकुत सम्पती कमाएको, विभिन्न आयोजनाहरुबाट कमिसन लिएकोलगायतका आरोप लागेका सापकोटाले आफु विरुद्धको हल्लामा कुनै सत्यता नभएको दावी गरेका हुन् ।

कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रमुख प्रशासकीय अधिकृत सापकोटाले कतिपय सञ्चारमाध्यम र सामाजिक संजालमा आएका विषयको खण्डन गरेका छन् ।

प्रमुख सापकोटाले गलत नियत राख्ने केही व्यक्तिहरुले उदेश्य पूरा नभएपछि आफ्नो चरित्र हत्या गर्न यस्ता मिथ्या कुरा लेखेर जनतालाई भम्रित पार्न खोजेको बताए । उनले कुनै पनि निर्णय आफ्नो एकल निर्णयले नहुने भन्दै प्रचारवाजी र अफवाहका पछि नलाग्न आग्रह गरेका छन् ।

सानो बजार स्थानान्तरण गर्न निर्माण गर्दाको खर्चको फाँटबारी लुकाएको, नगरपालिकाले बनाएको सानो बजारको सामान कवाडीलाई बेचेर १२ लाख रुपैंयाँ लिएको, लमजुङ्गको मध्यनेपाल नगरपालिकामा रहेको एक महिला समूहलाई गाडी किन्नको लागि भनेर गोकर्णेश्वर नगरपालिकाबाट २५ लाख रुपैयाँ भुक्तानी दिएको, ओख्रेनी खानेपानी वितरण समिति र खानेपानी ट्याङकी निमार्ण समितिबाट खानेपानी पाइप बिछ्याउने काममा ७ लाख बढी कमिसन लिएको र  विभिन्न कामको कमिसन माग्दै अकुत सम्पती जोडेको, कपनमा आलिसान घर बनाएको र छोरालाई ५० औं लाख खर्च गरेर डाक्टर पढाएको साथै सरुवा बढुवामा पनि मन्त्री र सचिवलाई हातमा लिएर सरकारी पदको दुरुपयोग गरेको जस्ता आरोप लगाउँदै केही दिन यता सामाजीक सञ्जालमा गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको चर्को आलोचना भईरहेको छ । तर सापकोटाले भने नगरपालिकाको नीतिगत निर्णयमा नगरकार्यपालिका समेत जिम्मेवार हुने र बाँकी व्यक्तिगत आरोपहरुमा कुनै सत्यता नभएको जिकिर गरेका छन् ।

प्रकाशित मिति : २०८०, २३ श्रावण मंगलबार ००:००  ५ : १८ बजे