२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालीको रैथानेबाली काठमाडाैंमा बजारीकरण गर्न व्यापार सम्झौता



बाजुराको हिमाली गाउँपालिकामा उत्पादन भएको रैथानेबालीको बजारीकरण गर्न व्यापार सम्झौता गरिएको छ । हिमाली गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौ बीच रैथाने बालीको संकलन, ब्राण्डिङ, बजारीकरण सम्बन्धि २ वर्षे साझेदारी-सम्झौता गरिएको हो ।

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौंका मुख्य कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

रैथानेबालीको संरक्षण, उत्पादन वृद्धि र कृषि मार्फत हिमालीका जनताको समृद्धि भन्ने स्थानीय तहको लक्ष्य एवम् नेपालको विद्यमान कृषि प्रणालीलाई व्यवसायिक र प्रतिस्पर्धात्मक बनाई सिमान्तकृत किसानहरुको जीवनस्तरमा सुधार ल्याउने संघिय सरकारको नीति अनुरुप व्यापार सम्झौता गरिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । हिमाली गाउँपालिका र आसपासका क्षेत्रका स्थानीय किसानहरुले उत्पादन गरेका रैथाने वालीहरुको उचित मूल्य प्रदान गर्दै किसानलाई प्रोत्साहन गर्न र  बालीको उचित संरक्षण गरि उत्पादन संकलन ब्राण्डीङ तथा बजारीकरण गरिने अध्यक्ष मल्लको भनाई छ ।

सम्झौता अनुसार बाजुरा जिल्लाको हिमाली गाउँपालिका र आसपास क्षेत्रका स्थानीय किसानहरुले उत्पादन गरेका रैथाने बालीहरु सिमि, फापर, चिनो, कागुनो, मास तथा भटमास लगायतका स्थानीय बालीहरुको उत्पादनमा किसानहरुलाई प्रोत्साहन गर्न हिमाली गाउँपालिकाले सिधै किसानहरु संग या कृषक समुह वा सहकारी समुह र किसानलाई लाभ पुग्ने अन्य माध्यम भएमा सो मार्फत खरिद संकलन र भण्डारण व्यवस्था गरि चिनो र कागुनोको हकमा प्रशोधनको व्यवस्था समेत मिलाइने भएको छ ।

हिमालीको खाद्य वस्तुको सफा सुगर तथा प्रशोधन गरि गुणस्तरीय बनाएको खाद्य वस्तु काठमाडौं लगायत देशका प्रमुख शहरका उपभोताहरुलाई सुपथ मूल्यमा उपलब्ध हुने गरि बजारीकरण गर्न दुई पक्ष बीच आपसी छलफल तथा सहमतिमा उचित मूल्य कायम गरि धुलाचौरमा खरिद गरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिम्मामा लिनेछ ।

किसानको कायम मूल्यमा उत्पादनलाई बजारीकरणमा सहज पुग्ने गरि विक्रीको आधारमा गाउँपालिकाले किसानलाई वित्तीय प्रेरणा वा अन्य अनुदान मार्फत प्रोत्साहन गर्नेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा गाउँपालिकासँग खरिद गरेको खाद्य वस्तु काठमाडौं लगायत अन्य सहरी स्थानमा आफ्नै खर्चमा ढुवानीको व्यवस्था मिलाउने छ ।

दुवानी पश्चात आकर्षक प्याकेजिङ गरि अन्तिम उपभोक्ता सम्म वितरण गर्न र उत्पादानको बजारीकरणको लागि प्याकेजिङमा उत्पादक हिमाली गाउँपालिका र मार्केटिङ गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लोगो, निसान र छाप प्रयोग गरिने भएको छ ।

प्याकेजिङ सामाग्रीहरुको आकर्षक डिजाईन, खरिद र छपाई सम्बन्धी कार्यहरुमा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने छ । भने प्याकेजिङ तथा बजारीकरण सम्बन्धी कार्यहरुमा लाग्ने खर्च खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यहोर्ने छ ।

रैथाने बाली खरिदको मूल्य भुक्तानीका सम्बन्धमा किसानहरुसंग वा कृषक समुह वा सहकारी समूह र किसानलाई लाभ पुग्ने अन्ने माध्यमबाट खरिद गरेको बालीको मूल्य गाउँपालिकाको कार्यविधि अनुसार भुक्तानी हुनेछ ।

रैथानेमा गर्व गरौं भन्ने संघीय सरकारको नीति र नारालाई व्यापकता दिन दुबै पक्षबाट छापा तथा डिजिटलको माध्यमबाट प्रचार प्रसार गरिने भएको छ ।

प्रकाशित मिति : २०८०, २३ श्रावण मंगलबार ००:००  ८ : ०० बजे