२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लाको ताँजाकोटमा कृषिक्रान्ति : ७ करोड खर्चेर कृषि मार्फत किसानको आयस्रोत बढाइँदै



हुम्लाको ताँजाकोट गाउँपालिकाले व्यवसायिक कृषि उत्पादन मार्फत किसानको आयस्रोत बढाउने नीति लिएको छ । फलफुल, तरिकारी र रैथानेबाली उत्पादनको अधिक सम्भावना भएपनि व्यवसायिक खेती प्रणालीको विकास नहुँदा किसानको आयस्तर न्यून भएको भन्दै पालिकाले कृषि आधुनिकिकरण, व्यवसायिकरण र बजारिकरणको नीति लिएको हो ।

यसवर्ष ताँजाकोटमा व्यवसायिक कृषि उत्पादनका लागि ७ करोडभन्दा बजेट खर्च हुनेभएको छ । स्थानीय सहयोग पूर्वाधार कार्यक्रमबाट ४ करोड २७ लाख बजेट प्राप्तहुने र गाउँपालिका मार्फत २ करोड ८२ लाख गरी कुल ७ करोड ९ लाख बजेट कृषि क्षेत्रमा लगानी गरेर ताँजाकोटका नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाइने गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।

सम्भाव्यता अध्ययन देखि उत्पादनसम्म किसानलाई आर्थिक तथा प्राविधिक सहयोग गरिने र उत्पादनको बजारीकरणको समेत पालिकाले जिम्मा लिने अध्यक्ष जैसीको भनाई छ । ‘ताँजाकोटमा हामी कृषि क्रान्ति गर्दैछौं । किसानको आयस्रोत बढेमात्रै समृद्धिको लक्ष्य पुरा हुन्छ । स्थानीय सहयोग पूर्वाधार कार्यक्रममा मैले विशेष पहल गरेर ४ करोड २७ लाल बजेट सुनिश्चितता गराउन सफल भएँ । पालिकाको पनि २ करोड ८२ लाख यसवर्ष कृषिमै खर्च गरिन्छ ।’ अध्यक्ष जैसीले भने,‘काम साझा र स्वावित्व निजीको अवधारणा ल्याएर व्यवसायिक उत्पादनमा जोड दिइन्छ । ५ वर्षभित्र ताँजाकोटको सबै जमिनमा खेती विस्तार हुन्छ । किसानहरुले आयस्रोत बढाउनेछन् र यसक्षेत्रको गरिबी हट्नेछ ।’ पालिकाभित्रै रोजगारीको अवसर सिर्जना गरेर विदेशीने युवालाई ताँजाकोटमै व्यवसाय मार्फत अघि बढ्ने अवसर दिइने उनको भनाई छ । कृषि क्षेत्रका लगानीकर्तालाई ताँजाकोटमा लगानी गर्न अध्यक्ष जैसीले अपिल गरेका छन् । ‘हाम्रा खेतबारी बाँझैछन् किसान गरिबीको रेखामुनी पुगेका छन् तर देशका प्रमुख नाकामा हेर्नेहो भने भारतबाट ट्रकका ट्रक सामान आउँछ । हाम्रातिरबाट रित्तो ट्रक जाने गरेका छन् । यसलाई रोक्नुपर्छ ।’ उनले भने, ‘ताँजाकोटले अब कृषिको सम्भावना र अवसरका क्षेत्रमा देशमा एउटा सन्देश दिन्छ ।’ प्रदेश र संघ सरकारले कृषि क्षेत्रमा ठोस योजना ल्याउन नसकेको  अध्यक्ष जैसी बताउँछन् । 

ताँजाकोटमा स्याउ, ओखर, टिमुर, कागती, केरा, किवी, र रैथानेबालीमा चिनो, कागनु, कोदो, फापर, आलु, जौ, गहुँ उत्पादन हुन्छ ।

उत्पादन भएको कृषि उपजको बजारीकरणको जिम्मा गाउँपालिकाले नै लिने भएको छ । 

प्रकाशित मिति : २०८०, २५ श्रावण बिहीबार ००:००  १० : ५२ बजे