२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थपिए १३० कोरोना संक्रमित, ७५ डिस्चार्ज



काठमाडौं । नेपालमा आज थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आठ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना र स्टार अस्पताल ललितपुरमा गरिएको परिक्षणमा तीन जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै कोरोना जितेर घर फर्किनेको संख्या १३ हजार १ सय २८ पुगेको छ । यो संख्या कुल संक्रमितको ७० दशमलव ५ प्रतिशत हो । मुलुकभर हाल ५ हजार ४ सय ४० जनाको उपचार भइरहेको प्रवक्ता गौतमले बताए । अहिलेसम्म १७ हजार नौ सय ३ जना क्वारेन्टाइनमा रहेका छन् ।

साउन ६ गते रातिदेखि लकडाउन खुलेको पाँच दिन अगाडि र पाँच दिन पछाडिको तुलना गर्दा परीक्षण गरिएकामध्ये सङ्क्रमित पाइनेको प्रतिशतमा खास फरक नआएको मन्त्रालयले जनाएको छ । अहिले पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ, र मुस्ताङमा संक्रमित शून्य छन् भ रौतहट, कैलाली र बाजुरामा पाँच सय भन्दा बढी संक्रमित रहेका छन् । नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार ४५७ जनामा पीसीआर परीक्षण गरिएको छ । संक्रमणबाट हालसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आइतबार ००:००  ११ : ०२ बजे