२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपदबाट ४१ जनाको मृत्यु, ५० जिल्ला प्रभावित



मनसुनजन्य विपद्बाट देशका ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् ।

ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए ।

उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै बेपत्ता हुनेहरू छ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । अट्ठाइस जिल्लाका ५५ जना घाइते भएका छन् ।

विपद्मा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो ।

मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन ।

प्रकाशित मिति : २०८०, २५ श्रावण बिहीबार ००:००  ११ : २१ बजे