२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सय दिनकाे प्रगति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्री

शनिवार राष्ट्रिय सभागृहमा कार्यक्रम हुने


२०८०, २५ श्रावण बिहीबार ००:००  

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफूले पदभार सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेका छन्।

शुक्रबार हुने उक्त कार्यक्रममा उपस्थित हुन उनले काठमाडौं उपत्यकाका सरकारी अस्पतालका चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।

स्वास्थ्य मन्त्रालयले सबै अस्पतालका प्रमुखलाई पत्र पठाएर उक्त कार्यक्रममा उपस्थित हुन भनेको छ।

सचिवस्तरीय निर्णयमा मन्त्रालयका सबै इकाइ, स्वास्थ्य सेवा विभाग, औषधी विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभाग, केन्द्रहरू र काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई पत्र पठाएर अनिवार्य उपस्थित हुन भनिएको छ।

मन्त्रालयको निर्देशनअनुसार वीर अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेलले शुक्रबार २ बजे राष्ट्रिय सभामा हुने कार्यक्रममा सहभागी हुन मातहतका डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन दिएका छन्। उनको निर्देशनमा अनिवार्य उपस्थिति भनिएको छ। 

मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले भोलि शुक्रबार भएकाले कार्यालय समयपछि कार्यक्रम राखिएको बताए।

प्रकाशित मिति : २०८०, २५ श्रावण बिहीबार ००:००  २ : ०२ बजे