२०८२, १ चैत्र आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा



मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो ।

नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्द्येश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा उजुरी दर्ता गराइएको छ । वडाध्यक्ष यादवले ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नगरेको ज्येष्ठनागरिकहरुले बताएको सो निवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमुलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत स्ट्रिट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय संचालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको बिल भरपाइ पेस गरेको १ लाख ७८ हजार भुक्तानी लिएको सो निवेदनमा उल्लेख गरिएको छ । त्यस्तै,वडा ९ मा २ इन्चको कृषि पम्पिङसेटका लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरुका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभुत विद्यालय कटरैत तथा आधारभुत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी,वडा नं. ९ अन्तर्गत खानेपानीका लागि ह्याण्डपाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाख मा ९ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ ।

पेस गरिएको सो निवेदनमा दुवै आधारभुत विद्यालयले यस विद्यालयमा कुनै पोशाक वितरण नभएको र सो वडाका ज्येष्ठ नागरिकहरुले सम्मान नपाएको सही छाप गरिएको आधार पेस गरिएको छ ।

प्रकाशित मिति : २०८०, २९ श्रावण सोमबार ००:००  ११ : १२ बजे