२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशी गाउँपालिका अध्यक्ष भेट्न कार्यकक्षमै पुगे रसियन राजदुत : सहयोग गर्ने प्रतिवद्धता



नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभ र भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाबीच भेटवार्ता भएको छ । भोटेकोशी गाउँपालिका अध्यक्ष शेर्पाकै कार्यकक्षमा द्धिपक्षीय भेटवार्ता तथा समसामयिक विषयमा छलफल भएको हो ।

भोटेकोशीमा स्थानीय सरकारको सकृयतामा भएको कामको अध्ययन र जनप्रतिनिधिसँग साक्षात्कार गर्न राजदुत नोभिकोभ साउन २८ गते भोटेकोशी पुगेका थिए । भेटका क्रममा भोटेकोशी क्षेत्रको विकास मोडेलका बारेमा जानकारी गराइएको र रसियाको राजदूतावासले गाउँपालिकाले गरेको हरेक विकास निर्माणका क्षेत्रहरुमा सहयोग गर्ने प्रतिवद्धता राजदुतबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । गाउँपालिकाका विद्यार्थिहरुलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरि अध्ययनको लागि रसिया पठाउने लगायतका विषयमा समेत राजदुतले प्रतिवद्धता जनाएको अध्यक्ष शेर्पाको भनाई छ ।

नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले गाउँपालिकाको मायाको चिनो ग्रहण गर्दै भोटेकोशी प्राकृतिक तथा ऐतिहासिक रुपमै पर्यटकीय गन्तव्य रहेकाले यसको प्रसारप्रसार गरेर विश्वभरका पर्यटकको गन्तव्य बनाउन सकिने बताएका छन् ।

प्रकाशित मिति : २०८०, २९ श्रावण सोमबार ००:००  ११ : ४४ बजे