२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँधिखोलामा तटबन्द बनाउँदै भिरकोट नगरपालिका



स्याङजाको भिरकोट नगरपालिकाले आँधिखोलाको नदी कटान रोक्न तटबन्द निर्माणको कामलाई निरन्तरता दिने भएको छ । नगरपालिकाको मध्येभागबाट बग्ने आँधिखोलाले वर्षेनी खेतीयोग्य जमिनमा क्षति गर्ने भएकाले आसपासका खेतीयोग्य फाँट संरक्षण गर्न नगरपालिकाले तटबन्ध निर्माण गर्ने भएको हो ।

भिरकोटले यसपर्ष आँधिखोलामा तटबन्ध बनाउन संघिय सरकारको विशेष अनुदानबाट १ करोड १५ लाख विनियोजन गरेको छ ।

भिरकोट नगरपालिकाको बीचबाट नगरपालिका भित्रै ७ किलो मिटर आँधिखोला बग्छ । नगरको मध्येभागमा बहने आँधिखोला  र आसपासको जमिनको सतह करिब बराबर रहेकाले नदी कटानको समस्या बढीहुनेहुँदा वर्षेनी तटबन्ध निर्माणको काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।

भिरकोट नगरपालिकाले सडक विकास र स्तरोन्नतीसँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

प्रकाशित मिति : २०८०, २९ श्रावण सोमबार ००:००  २ : १४ बजे