२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुन्धुम परिवेश झल्काउने राज राईको रामदले सार्वजनिक (भिडियो)



चर्चित गायक राज राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राई र गायिका एलिना राईले वाम्बुले समुदायको रामदले भाका संरक्षणमा टेवा पुग्ने ‘राम दले भाका’ को गीत बजारमा ल्याएका हुन् ।

गायक राइको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ ।

नारायण राईले शब्द संकलन गरेको गीतलाई राज राईले लय संकलन गरेका छन् । 

यस्तै, एरेञ्ज,मादल र मिक्सिङमा आर बि लामा छन् । क्यामेरामा नरेश सुनुवार छन् भने बासुरीमा जीवन राई रहेका छन् । मदन राईले भिडियो सम्पादन गरेको गीतमा माया प्रेम, किराती समुदायको मुन्धुमलगायत विभिन्न परिवेशलाई समेटिएको छ ।

उक्त गीत हलेसी डिजिटलमा रेकर्ड भएको थियो ।

गायक गायिका राईद्धयको यसअघि पनि राम्दले सालाङ गीत सार्वजनिक भएको थियो ।    

प्रकाशित मिति : २०८०, २९ श्रावण सोमबार ००:००  २ : ५० बजे