२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवल बजार हिलाम्मे (भिडियाे)



सडकमा जमेको हिलोका कारण यतिबेला सुनवल बजार कुरुप बनेको छ । नवलपरासीको सुनवल बजार क्षेत्र आसपासको सडक हिलाम्मे भएको हो ।

हिउँदमा धुलो र वर्षामा हिलोका कारण पूर्वपश्चिम राजमार्ग आसपासका स्थानीय समस्यामा छन् । विगतको तुलनामा यसवर्ष वर्षाको समयमा सडकमा पानी जमेर जलमग्न भएको छ भने कतिपय ठाउँको सडक हिलाम्मे भएका कारण राजमार्गमा सवारी चलाउन र स्थानीयलाई पैदल यात्रा गर्न समेत समस्या छ ।

यसक्षेत्रमा कष्टकर तवरले आवत जावत गर्ने यात्रु र यहाँका स्थानीयले सुनवल नगरपालिकाले समस्या समाधान नगरेको बताउने गरेका छन् ।

हिलो मुक्त अभियान चलाएको सुनवल नगरपालिकाले पनि यसक्षेत्रको हिलाम्मे सडकको समस्या समाधान गर्न सकेको छैन ।
सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले भने यस क्षेत्रमा संघिय आयोजना सञ्चालनमा रहेकाले स्थानीय सरकारले यो समस्या समाधान गर्न नसकेको बताइन् । संघिय आयोजना व्यवस्थित नहुँदा समस्या भएको उनको भनाई छ ।

आयोजनासँग बारम्बार यो समस्या समाधानका लागि पहल गरिरहेको नगरप्रमुख अर्यालले अनलाइन सरोकारसँग बताइन् ।

पूर्वपश्चिम राजमार्गमा सडक स्तरोन्नतीको काम भईरहेको छ । आयोजनाले वातावरणीय प्रभाव मुल्याङ्कन नगरी काम गर्दा विकासले विनास र कष्ट थपिदिएको स्थानीयको दुखेसो छ ।

भिडियाेमा हेर्नुहाेस्

प्रकाशित मिति : २०८०, १ भाद्र शुक्रबार ००:००  ५ : ५५ बजे