२०८२, १ असार आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार एक जना भारतीय र दुई जना नेपाली कोरोना संक्रमितको मृत्यु भएको हो ।

वीरगञ्जको गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको साउन ११ गते मृत्यु भएको हो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको थियो। उनी मधुमेहका बिरामी थिए। उनको स्वाब परीक्षणको रिपोर्ट मृत्युपछि आएको हो। रिपोर्टमा कोरोना पोजिटिभ आएको हो।

यस्तै धनुषा जिल्ला सहिदनगर नगरपालिकाका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन ११ मा नै मृत्यु भएको छ। उनमा ज्वरो खोकीका लक्षण देखिएका थिए। उनलाई प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसैगरी बारा जिल्लाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन १२ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। उनी न्युमोनिया र मस्तिष्कघातका बिरामी थिए।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार ००:००  ११ : १० बजे