२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने



कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी सूचना आज प्रदेशसभामा दर्ता भएको छ । विश्वासको मत लिने सम्बन्धी सूचना दुई दिनअघि दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ ।

गठबन्धन दलका तर्फबाट थापा साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलोपटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो ।

थापा कांग्रेस माओवादी, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री भएका थिए । उनको पक्षमा अहिले ४७ मत रहेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका थापाले संविधानको धारा १६८ को उपधारा ४ अनुसार कोशी प्रदेशसभाबाट विश्वासको मत लिन चाहेकोले भदौ ३ गतेको कार्यसूची समावेश गर्न प्रदेशसभामा सूचना दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कोशी प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधनसहित नियम १२८ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरिएको छ । कोशी प्रदेशसभामा सत्ता पक्षीय ४७ जना सांसद रहेका छन् । माओवादीबाट सभामुख भएका बाबुराम गौतमले राजीनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्री भएपछि अहिले कोशी प्रदेशमा सभामुख रिक्त रहेको छ ।

प्रदेशसभामा नेकपा माओवादीको १३, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद छन् । अहिलेको अवस्थामा कोशी प्रदेश सभामा उपसभामुखले सदन चलाउँदाको अवस्थामा सरकारले विश्वासको मत पाउन सक्ने भनिएको छ तर त्यसमा एमालेको भूमिकामा भर पर्ने देखिएको छ ।

प्रकाशित मिति : २०८०, १ भाद्र शुक्रबार ००:००  ४ : २२ बजे