रसुवाको नौ कुण्ड क्षेत्रमा पर्यटकको आवागमन बढेको छ । नौकुण्ड क्षेत्रका सुन्दर प्राकृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य घुम्ने र रम्ने आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको हो ।
पर्यटनको प्रचुर सम्भावना भएको यसक्षेत्रलाई स्थानीय सरकारले पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिएसँगै नौ कुण्डले विश्वभरका पर्यटक तान्न थालेको छ । नौ कुण्डको समृद्धिको एउटा आधार पर्यटन भएकाले पर्यटकीय क्षेत्र विकास र प्रवद्र्धनमा जोड दिइएको नुर्वु स्याङवो घले बताए ।
पर्यटकीय जिल्लाका रुपमा परिचित रसुवा जिल्लाको नौ कुण्ड गाउँपालिका भित्र दर्जनौं सुन्दर पर्यटकीय गन्तव्य छन् । यि पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार गर्नसके नौ कुण्ड गाउँपालिका देशकै एउटा महत्वपूर्ण सुन्दर पर्यटकीय गन्तव्य बन्ने निश्चित छ ।