ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले पालिकामा श्रम संस्कृतिको विकास गरेका छन् । विगतमा विकास निर्माण प्रकृया सरकारी बजेटमा मात्रै केन्द्रित हुने खिजीदेम्बाको विकासमा स्थानीयको श्रमदान बढाउन अध्यक्ष शेर्पा लागेका हुन् ।
स्थानीय तहको दोस्रो निर्वाचनबाट खिजीदेम्बा अध्यक्षमा निर्वाचित भएपछि सडक स्तरोन्नतीसहितका विकासका काममा अध्यक्ष शेर्पा आफैं अगुवा भएर श्रम संस्कृतिको विकास गराउन लागेका हुन् । लामो समय अमेरिका बसेर विकसित मुलुकको विकासक्रम निकालेका अध्यक्ष शर्पा अहिले खिजीदेम्बामामा सामान्य नागरिकस्तरकै दैनिकी बिताउँदै कतै सडकमा ढुंगा फुटाउँदै, कतै पुलपुलेसा बनाउँदै कतै अवरुद्ध सडक सुचारु गराउँदै गाउँबासीसँग विकासमा हात्तेमालो गरिरहेका भेटिन्छन् । दिगो विकासका लागि नागरिक श्रमदान आवश्यक भएकाले खिजीदेम्बामा श्रम संस्कृतिको विकासमा लागेको अध्यक्ष शेर्पाले अनलाइन सरोकारसँग बताए ।
गाउँपालिका अध्यक्षले श्रमदान सुरु गर्दा विरोध गर्ने र सुरुका दिनमा श्रमदान गर्न अघि नसर्ने स्थानीयहरु पनि अहिले गाउँघरको विकासमा स्वस्फुर्त जुट्न थालेका छन् ।
यद्यपी अध्यक्ष शेर्पा विरुद्ध उनका विपक्षीले अमेरिकन नागरिकता र पारपोर्ट नत्यागी गाउँपालिका अध्यक्ष भएको भन्दै पद खारेजीको माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । श्रमदान गर्दा गर्दै अदालतको म्याद बुझेका गम्बु शेर्पा अदालतमा मुद्दा विचाराधिन रहेपनि विचल्लित नभई जनसेवा र जनश्रमनदानमै खटिरहेका छन् ।