२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै जनप्रतिनिधि र कर्मचारीका सन्तति सामुदायिक विद्यालयमा बढाऔं : अध्यक्ष लामा



सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले सबै जनप्रतिनिधि र कर्मचारीका सन्ततिलाई सामुदायिक विद्यालयमा पढाउन अपिल गरेका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न राज्यका निकायमा प्रतिनिधित्व गर्ने सबै व्यक्तिले पहिला आफ्ना सन्ततिलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने अध्यष लामाले बताएका हुन् ।

सामुदायिक विद्यालय गरिब र विपन्न नागरिकता छोराछोरी मात्रै पढ्ने र गाउँका विद्यालयमा गुणस्तरीय शिक्षा नपाइने भन्ने भ्रमबढी फैलिएकाले नेपालको सामुदायिक शिक्षा प्रतिको आकर्षण घटेको उनको भनाई छ । लिसंखु पाखरका  सबै जनप्रतिनिधि र कर्मचारीले छोराछोरी गाउँकै विद्यालयमा पढाउन थालेको र आफुले समेत छोराछोरी गाउँकै विद्यालयमा पढाउन थालेको उनले बताए ।  ‘सामुदायिक विद्यालयको सवालमा ठुला कुरा गर्ने तर आफ्ना छोराछोरी काठमाडौं लगेर बोर्डिङमा पढाउने गरेर सामुदायिक विद्यालयको शिक्षामा आशातित् सुधार हुँदैन ।’ अध्यक्ष लामाले स्थानीय जनसराेकारमा बहस गर्दै भने, ‘प्रधानमन्त्रीदेखि वडासदस्य सम्मका जनप्रतिनिधि र सबै तहका सरकारी कर्मचारीहरुका सन्ततिलाई सरकारी स्कुलमा पढाऔं । सरकारी स्कुलको शिक्षाको गुणस्तर सुधारका लागि धेरै समय लाग्दैन । अभिभावकले पनि अंग्रेजीको मोह राखेर मात्रै हुँदैन ।’ शिक्षा क्षेत्रमा लिसंखु पाखरमा रचनात्मक काम गरेर ५ वर्षमा सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा अब्बल काम गर्ने नीति लिएको अध्यक्ष लामाले बताए । नेपालकाे शिक्षाकाे गुणस्तर बढाउन र राेजगारी सुनिश्चितता गराउन सके पलायन हुने युवालाइ स्वदेशमै उद्यमशिल बनाउने सकिने उनकाे तर्क छ ।

सिमित स्रोतबाट लिसंखु पाखरका नागरिकलाई आधारभुत सेवाको सुनिश्चितता गराउन लागिपरेको अध्यक्ष लामाको भनाई छ ।

प्रकाशित मिति : २०८०, २ भाद्र शनिबार ००:००  १० : १५ बजे