
काठमाडौं । नेपालमा सोमबार थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए ।
सोमबार सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक/एक जनामा पनि संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका छन् । हाल सम्म १३ हजार ७५४ जना निको भएका छन् ।