२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरकारी, दुध, र मासुमा आत्मनिर्भर बन्यो अजयमेरु गाउँपालिका



डडेल्धुराको अजयमेरु गाउँपालिका दुध, मासु र तरकारीमा आत्मनिर्भर बनेको छ । स्थानीय सरकारको नेतृत्वमा ६ वर्षको समयमै आर्थिक विकास र उत्पादन वृद्धिमा भएको लगानीले गाउँपालिका दुध, मासु र तरकारीमा आत्मनिर्भर बनेको हो ।

अजयमेरु गाउँपालिका संघियतापछि सफल स्थानीय तह हो । २ वर्षअघिको कार्यसम्पादन मूल्याङ्कनमा अजयमेरु गाउँपालिका देशकै पहिलो बनेको थियो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भनेको अजयमेरु गाउँपालिकामा नागरिक सेवा र आर्थिक वृद्धिदर बढेको छ ।

संघियतापछिको ६ वर्षमा शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, खानेपानी, पर्यटनसँगै कृषि र पशुपालनमा आशातित उपलब्धि हाँसिल गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । अजयमेरुमा उत्पादन भएको तरकारी, दुध र मासु पालिकाबाहिरका बजारमा समेत निकासा हुन थालिसकेको बताउँदै युवालाई कृषि र पशुपालनमा प्रोत्सान गर्ने थप कार्यक्रम ल्याएको अध्यक्ष भट्टको भनाई छ । 

पहिलो कार्यकालमा जनपक्षीय काम गरेर दोस्रो निर्वाचनबाट पुनः निर्वाचित अध्यक्ष भट्ट नेतृत्वको अजयमेरु गाउँपालिकाले सुशासन र जनमैत्री पालिका निर्माण गर्ने लक्ष्य अनुसार काम गरिरहेको छ । कार्यसम्पादन मुल्याङ्कनमा पहिलो र त्यसअघि नै नमुना गाउँपालिकाको सूचकाङ्कमा परेको अजयमेरुले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट विगतको भन्दा अझ उत्कृष्ट ल्याएको छ ।

प्रकाशित मिति : २०८०, ५ भाद्र मंगलबार ००:००  १ : ०८ बजे