२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङमा ‘कोखदेखि शोकसम्म ज्वालामूखी सरकार’ कार्यक्रम प्रभावकारी



धादिङको ज्वालामूखी गाउँपालिकाले सुरु गरेको ‘कोख देखि शोकसम्म ज्वालामूखी सरकार’ कार्यक्रम प्रभावकारी बनेको छ । गाउँपालिका भित्रका सबै नागरिकलाई स्वास्थ्य सेवाको समान पहुँचमा ल्याउन थालिएको नयाँ कार्यक्रम निकै प्रभावकारी बनेको हो ।

ज्वालामूखीका नागरिकको घरघरमा स्वास्थ्य परीक्षण र दिर्घरोगीको उपचारमा सहयोग गर्दै गर्भजाँच बढाउने, घरमा हुने सुत्केरीको दर शुन्य बनाउने, सुत्केरीलाई ३ दिन सम्म स्वास्थ्य चौकीमा राख्ने त्यो खर्च पालिकाले व्यहोर्ने, सुत्केरीलाई ७ दिनमा घरभेट गर्ने, पोषिलो खानेकुरा वितरण गर्ने र अध्यक्ष पोषण कार्यक्रम मार्फत १ हजार रकम हस्तान्तरण गर्ने लगायतका काम समेटिएपछि जनप्रतिनिधिले थालेको ‘कोख देखि शोकसम्म ज्वालामुखी सरकार’ अभियान सार्थक बनेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिइएको र स्वास्थ्यका क्षेत्रमा गाउँपलिकाले सुरु गरेका नविनतम् अभ्यासले नागरिक सेवा र सन्तुष्टि बढेको गाउँपालिका अध्यक्ष यामनाथ दनैले बताए ।

ज्वालामूखी गाउँपालिकाले यसवर्ष पनि कोख देखि शोक सम्म ज्वालामूखी कार्यक्रमका लागि ९ लाख बजेट छुट्याएको छ । त्यसका अलावा जन्मिएको ३५ दिन भित्र जन्मदर्ता गर्ने छोरीको बिमाका लाग ८ लाख, स्वास्थ्य सेवामा आम नागरिकको पहुँच विस्तारका गर्न स्वास्थ्य बिमा कार्यक्रमका लागि १० लाख, निःशुल्क औषधी वितरण र आयुर्वेद सेवा विस्तारका लागि २६ लाख, स्वच्छ वातावरण, स्वस्थ जीवनका लागि पूर्ण सरसफाई कार्यक्रम सञ्चालनका लागि १० लाख, खर्च अभावमा उपचार गर्न नसकेका नागरिकको उपचारमा सहयोग गर्न अध्यक्ष राहत कोषका लागि १० लाखलगायतका शिर्षकमा ज्वालामूखीले यसवर्ष ९९ लाख बजेट विनियोजन गरेको छ ।

ज्वालामूखी गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा गरेको कामबाट स्थानीय त खुसी छन् नै सरोकारवालाले पनि नमुना योग्य भन्दै प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : २०८०, ५ भाद्र मंगलबार ००:००  २ : २५ बजे