२०८१, २१ माघ सोमबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस तत्काल जनतासँग नजाने



नेपाली कांग्रेसले ‘जनतासँग कांग्रेस अभियान’ स्थगित गरेको छ।

मङ्गलवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही बसेको पदाधिकारी बैठकले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको अभियान स्थगित गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनले भने, ‘यो अभियानमा पार्टीका सांसदहरू पनि जानुभयो भयो। अहिले हाउस चलिरहेका छन्। वर्षा पनि सकिएको छैन। त्यसैले केही समय स्थगित गर्ने सहमति भएको छ।’

अभियानको लागि केही समयमै अर्को मिति तय गरिने उनले बताए।

यस्तै, बैठकमा साउन २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा भएको बताए।

उनले भने, ‘यो अभियान सफल भएको छ। संगठन सुधार र पार्टीलाई विकसित बनाउन प्रमुख भूमिका खेलेको भन्ने बैठकले निष्कर्ष निकालेको छ।’

यस्तै, बैठकमा पार्टीका भ्रातृ संगठनलाई पनि पूर्णता दिएर प्रभावकारी बनाउने विषयमा सघन छलफल भएको सुनाए।

प्रकाशित मिति : २०८०, ५ भाद्र मंगलबार ००:००  २ : ४४ बजे