२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आलुमा आत्मनिर्भर उमाकुण्ड : वार्षिक १५ करोडको आलु निर्यात



रामेछापको उमाकुण्ड गाउँपालिकाले वर्षिक १५ करोड बराबरको आलु निर्यात गर्न थालेको छ । लेकाली क्षेत्रमा उत्पादन हुने आलुको भण्डारण र बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेपछि उमाकुण्डका किसानले वर्षमा १५ करोड बराबरको आलु बेच्न थालेका हुन् ।

स्थानीय तहबाट उत्पादनका लागि आर्थिक तथा प्राविधिक सहयोेग र बजारीकरणका लागि आवश्यक सहजिकरण गर्न थालेपछि निर्वाहमुखी खेती मात्रै गर्ने र बारी बाँझै राख्ने किसानले पनि व्यवसायिक आलुखेती गर्न थालेका छन् ।

उमाकुण्डलाई आलुमा आत्मनिर्भर बनाएर लेकाली भेगका किसानको आयस्रोतको माध्यमका रुपमा आलुखेती विकास र विस्तार गरिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

उमाकुण्डका आलु राजधानी काठमाडौं र तराईका जिल्लामा समेत निर्यात हुन थालेका छन् । ४५१.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उमाकुण्डको माथिल्लो क्षेत्रमा आलु र तल्लो क्षेत्रमा रैथानेबाली उत्पादन हुन्छ । उमाकुण्डका नागरिकको मुख्य पेशा कृषि र पशुपालन हो । स्थानीय सरकारले पनि किसानको आयस्रोत बढाउँदै कृषि मार्फत समृद्धिको आधार तय गरिरहेको छ ।

प्रकाशित मिति : २०८०, ५ भाद्र मंगलबार ००:००  ५ : ३७ बजे