२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोलबस्तिमै आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गर्दै बाजुराको बुढीनन्दा



बाजुराको बुढीनन्दा नगरपालिका टोलबस्तिमै आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितता गराउन लागेको छ । सबै नगरबासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्य राखेको बुढीनन्दाले नगरभित्रै आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क र सहज बनाउन लागेको हो ।

अपाङ्गता, अशक्त, वृद्धवृद्धा, विपन्नता र स्वास्थ्य सेवाको पहुँचमा नपुगेका कारण दिर्घरोगी बनेर बस्न बाध्य नगरबासीको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै टोलबस्तिमै गुणस्तरीय स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने योजना अनुरुप काम गरिरहेको नगरप्रमुख जनककुमार बोहराले बताए । नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि प्रसुतिगृह स्थापना, कुपोषण न्यूनिकरणका लागि पोषण कार्यक्रम र स्वस्थ नागरिक स्वच्छ वातावरणका लागि सरसफाई र सचेतनाका कार्यक्रम समेत सञ्चालन गरिएको नगरप्रमुख बोहराको भनाई छ ।

बुजुराका साविकको कोल्टी र कोटिला गा.वि.स. का सबै वडाहरु, जगन्नाथ गा.वि.स. को ९ नं.वडा र बाँधु गा.वि.स. को ८ र ९ नं. वडाहरु समायोजन भई गठन भएको बुढीनन्दा नगरपालिकामा विगतमा स्वास्थ्य सेवा प्रभावकारी थिएन । स्थानीय सरकार गठनपछि नगरपालिकाका १० वटै वडाहरुमा सरकारी स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा अब्बल काम गर्ने नीति ल्याएर गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेपछि स्थानीयलाई सामान्य स्वास्थ्य उपचारका लागि शहर धाउनुपर्ने र मंहगो पैसा तिर्नुपर्ने वा रोग पालेर बस्नुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित मिति : २०८०, ६ भाद्र बुधबार ००:००  १० : ०० बजे