२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनपाटनमा ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम शुरु

दलित समुदायका बुहारीलाई पालिकाले पढाउने



सिन्धुलीको तीनपाटन गाउँपालिकामा ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम शुरु भएको छ । पालिकाभित्रका दलित समुदायका बुहारीहरूको उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न यस्तो कार्यक्रम ल्याइएको हो  ।

तीनपाटन गाउँपालिकाका बुहारीहरूलाई स्नातक वा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्क गाउँपालिकाबाट व्योहोर्ने गरी ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ नामक कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले बताए । विवाह पश्चात पनि बुहारीलाई अध्ययानलाई निरन्तरता दिन र समाजमा बुहारीमाथी हुने विभेद हटाउन यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष मगरको भनाई छ ।

कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी-छोरीलाई स्नातक÷ स्नातकोत्तर तहको कुनै पनि वर्ष वा सेमेस्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।

साथै, महिला अभिभावक परिवारमा नभएमा एकासगोल परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजान सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८०, ७ भाद्र बिहीबार ००:००  ११ : ३२ बजे