२०८३, २१ बैशाख सोमबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गरिबी उन्मुलन गर्न उद्यमशिलता विकास गर्दै धनकुटाका नगरपालिका



धनकुटा नगरपालिकाले गरिबी उन्मुलन र उद्यमशिलता विकासको लक्ष्य अघि सारेको छ । गरिबीको रेखामुनी रहेका नगरबासीलाई उद्यमी बनाएर स्वरोजगार बनाउने नगरपालिकाले नीति लिएको हो ।

दिगो विकास र रुपान्तरणका अन्य अभियानसँगै गरिबीको रेखामुनी रहेका नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको नगरप्रमुख चिन्तन तामाङले बताए । धनकुटा नगरपालिका भित्र लोपोन्मुख समुदायको समेत बसोबास रहेको र त्यो समुदायमा आर्थिक रुपमा विपन्न रहेको साथै जग्गा बन्दकी राखेर दैनिकी चलाएका कारण सुकुम्बासी हुने अवस्थामा समेत पुगेकाले त्यो अवस्थाको गरिबी उन्मुलन गर्न उद्यम विकासका कार्यक्रम ल्याइको नगरप्रमुख तामाङको भनाई छ ।

धनकुटा नगरपालिकाले ६ वर्षअघि देखिनै युवा स्वरोजगार र उद्यम विकासका अभियान चलाइरहेको छ । विगतको उपलब्धि संस्थागत गर्दै बाँकी काम सम्पन्न गरेर समुन्नत र समृद्ध धनकुटा बनाउने लक्ष्य लिएपनि बजेट घटेर आएकाले सिमित स्रोतले असिमित आवश्यकता पुरा गर्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ७ भदौ बिहिबार ००:००  ३ : ३४ बजे