काेशी प्रदेश सरकार फेरि ढल्ने सम्भावना बढेकाे छ । यसअघि सभामुखकाे हस्ताक्षर प्रयाेग गरेर गठन भएकाे सरकार सर्वाेच्चकाे आदेशसँगै ढलेकाे थियाे । पुन: गठन भएकाे सरकार पनि नटिक्ने भएकाे हाे ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने देखिएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उक्त आदेश गरेको हो । पूर्णसुनुवाइका लागि भदौ १५ गते पेशी तोक्न पनि आदेश भएको छ ।

