२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोहलपुरका गाई भैँसीलाई सुत्केरी भत्ता, किसान खुसी



बाँकेको कोहलपुर नगरपालिकाले पशु पालक किसानलाई सुत्केरी भत्ता दिन थालेको छ । आर्थिक वर्ष २०८०-०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशुपालक किसानलाई गाई, भैँसी सुत्केरीहुँदा भक्ता दिन थालिएको हो ।

पालिएका पशुुको अनिवार्य बीमा गर्नु पर्ने र बिमा गरेको पशु ब्याएपछि पोषिलो खानेकुराका लागि ३ हजारसम्म पशु सुत्केरी भत्ताको नीति ल्याइएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले अनलाइन सरोकारसँग बताए । कोहलपुरलाई मासु र दुधमा आत्मनिर्भर बनाउने र कृषि र पशुपालनपालन मार्फत किसानको आयस्रोत बताउने लक्ष्य लिइएको नगरप्रमुख आचार्यको भनाई छ ।

पशुवस्तुलाई सुत्केरी भत्ता दिन नगरपालिकाले पशुपालक कृषकहरूले पालन गरेका पशु (गाई, भैँसी) को लगत संकलन गर्न सुरु गरेको छ । यसअघि समेत दिइँदै आएको पशुलाई सुत्केरी भत्ता कार्यक्रमलाई यसवर्ष थप संशोधनसहित निरन्तरता दिइएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

पालेका पशुवस्तु ब्याउँदा गाई भैँसीलाई सुत्केरी भत्ता नगरपालिकाले दिनथालेपछि किसान खुसी भएका छन् ।

प्रकाशित मिति : २०८०, ८ भाद्र शुक्रबार ००:००  ८ : ४२ बजे