२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिराेले सिद्धिचरण लोकमार्ग र बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध



सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची-हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।

निरन्तर वर्षाका कारण हेलम्बु-४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् ।

पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको छ ।

यसैबीच ओखलढुंगाको भुसने जंगलमा भिषण पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहीबार देखिको अविरल बर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भुसुनेको जंगलमा आज शुक्रबार बिहान ६ ः ३० बजे सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण अन्दाजी २५ मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।

निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामिण सडकमा पहिरोको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध छन्् ।

प्रकाशित मिति : २०८०, ८ भाद्र शुक्रबार ००:००  ९ : २१ बजे