२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिशंखुगढीमा सिसाजन्य सामाग्री प्रतिबन्ध



ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा सिसाजन्य सामाग्रीको प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाईएकोे छ । कार्यपालिकाको बैठकले पालिका भित्र औषधि र अत्यावश्यक बाहेकका सिसाजन्य वस्तुहरु आयात र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सिसाजन्य पेय पदार्थहरुको बोतल व्यवस्थापन गर्न समस्या हुने, यसले वातावरणीय पर्यावरणमा असर पुग्ने, प्रदुषण बढ्ने र जथाभाबी फाल्नाले चोटपटकको पनि जोखिम बढेकोले सिसाजन्य बोतल तथा सामाग्री प्रतिबन्ध गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । ‘सिसाका बोत्तलले जोखिम बढाउने र सौन्दर्यता घटाउने भएकाले सिसाजन्य सामाग्रीको आयात र प्रयोगको बन्देज लगाउने कार्यपालिकाले नै निर्णय गरेको छ ।’ अध्यक्ष शर्माले भने, ‘नियमित अनुगमन हुन्छ यदि कुनै व्यापारी वा उपभोक्ताबाट निर्णय उलंघन गरेको पाइएमा तत्काल कारबाही हुन्छ ।’ सिसाजन्य सामाग्री प्रतिबन्ध गरिएकोबारे व्यापारी, व्यवसायी र आम नागरिकलाई सु–सुचित गरिएको अध्यक्ष शर्माको भनाई छ ।

जथाभावी फालिएका सिसाजन्य सामाग्री र मदिराका विज्ञापन बोर्डका कारण ओखलढुंगाका बजार क्षेत्र कुरुप छन् । बढी मानिसको आवागमन हुने पर्यटकीय क्षेत्र, जिल्ला सदरमुकामसहित मुख्य तथा सहायक व्यापारीक केन्द्र र गाउँपालिकाका केन्द्रहरुमा बढी समस्या छ ।

प्रकाशित मिति : २०८०, १० भाद्र आइतबार ००:००  २ : १५ बजे