२०८१, २१ माघ सोमबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रविधिमैत्री बन्यो हेलम्बु : सरकारी सेवा घरैबसेर लिन सकिने



सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले प्रविधिमैत्री सेवा विस्तार गरेको छ । समयक्रमसँगै सुशासन र प्रविधिमैत्री पालिकाको नीति लिएको हेलम्बुले व्यक्तिगत घटना दर्तासहितका सरकारी सेवा अनलाइनबाटै दिन सुरु गरेको हो ।

हेलम्बुका नागरिकले जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना दर्ता घरबाटै गर्न सक्ने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले बताए । पालिकाका अन्य सेवालाई पनि प्रविधिमैत्री बनाइने उनको भनाई छ ।

हेलम्बुले अनलाइन मार्फत व्यक्तिगत घटना गर्दा गर्ने सफ्टवेयरको विकास गरेको छ । घरबाटै घटना गर्दा गरेपछि टोकन नम्बर प्राप्त हुने, उल्लेखित विवरणका आधारमा सम्बन्धित वडामा घटना दर्ता हुने र त्यसपछि सेवाग्राहीले प्रमाणपत्र प्राप्त गर्न सक्ने बनाइएको छ ।

घटना घटेको ३५ दिनभित्र घटना दर्ता गरे जरिवाना नलाग्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०८०, १० भाद्र आइतबार ००:००  ३ : २६ बजे