संसदिय समिति सभापतिहरुले मनाेनयन दर्ता गरेका छन् । दलहरुकाे भागवण्डा अनुसार छानिएका सांसदहरुले मनाेनयन दर्ता गरेका हुन् ।
ओखलढुंगाका सांसद रामहरि खतिवडा संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्ने भएका छन् । नेपाली कांग्रेस संसदिय दलले खतिवडा संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गरेको हो ।
दलको निर्णय अनुसार खतिवडाले मनोनयन दर्ता गरेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, कृषि, सहकारी तथा प्रकृतिक श्रोत समितिमा डा. आर्जु राणा र अर्थ समिति सन्तोष चालिसे सभापति बन्दैछन् ।
एमालेले लेखा समितिमा ऋषिकेश पोखरेल र महिला समितिमा किरण शाहले उम्मेदवारी दर्ता गराएको छ ।
नेकपा माओवादी केन्द्रकी विमला सुवेदीले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दिएकी छन् । दलहरुबीच सहमतिमा माओवादीले पाएको भनिएको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।
त्यस्तै जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
भागवण्डामा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले पनि एक एक वटा समितिको सभापति पाएका छन् ।