२०८१, २१ माघ सोमबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्ध महालक्ष्मी निर्माणको अभियानमा छु : मेयर राया (भिडियो अन्तरवार्ता)

नगरबासीको आवश्यकता र विलासिता बुढ्यो, बजेट बढेन,



धनकुटाको महालक्ष्मी नगरपालिकाका नगरप्रमुख ध्रुवराज राया यतिबेला नगरका योजनाको फायल बोकेर माथिल्ला सरकारका विकासे अड्डा कुदिरहेका छन् । नगरबासीको बढ्दो आवश्यकता र विलासितालाई सम्बोधन गर्न नियमानुसार नगरपालिकामा प्राप्तहुने सिमित बजेटले मात्रै सम्भव नहुने भएपछि नगरप्रमुख राया स्रोतवृद्धिका लागि प्रदेश तथा संघ सरकारका मन्त्रालय र विभागमा योजना मागेर पुगेका हुन् ।

अघिल्लो ५ वर्ष महालक्ष्मी वडा नम्बर २ को वडाअध्यक्ष हुँदा वडामा प्राप्त हुने सिलिङको तेब्बर बजेट माथिल्ला निकायबाट ल्याएर काम गरेका राया नगरप्रमुख भएपछि सिङ्गो नगरपालिकाका योजना बोकेर उसैगरी पहल गरिरहेका छन् । सिमित स्रोतले असिमित माग र आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बाध्यताका बीच स्रोत बढाएर समृद्ध नगर निर्माणको अभिभारा पुरा गर्ने अभियानमा लागेको नगरप्रमुख रायाले बताए । ‘हिजो वडाअध्यक्ष हुँदा पनि वडामा आउने बजेट भन्दा बढी अन्य स्रोत जुटाएर सफल कार्यकाल व्यतित् गरेको अनुभव छ । जनताले सिंगो नगरपालिकाको मेयरमा जिताएर समृद्ध महालक्ष्मी निर्माणको अभिभारा दिनुभएको छ त्यसलाई पुरा गर्ने अभियानमा छु ।’ नगरप्रमुख रायाले अनलाइन सरोकारसँग भने, ‘हिँजो वडाअध्यक्ष हुँदा माग र आवश्यकताहरु सिमित थिए आज नगरप्रमुखहुँदा माग र आवश्यकता मात्रै बढेनन् नागरिककता विलासिता समेत बढेका छन् । त्यो सबै कुरा ख्याल गर्दै आगामी ४ वर्षभित्र समृद्ध महालक्ष्मी निर्माणको लक्ष्य लिएर नगरका योजना बोकेर कुदिरहेको छु ।’ माथिल्ला सरकारहरुले स्थानीय तहका योजनालाई आशातित् सम्बोधन गर्न नसकेको उनको भनाई छ । केही सम्बोधन भए पनि प्रकृया झञ्जटिलो हुने उनको अनुभव छ ।

नगरपालिका भित्रका गौरवका ४ वडा सडक निर्माणसहित अन्य पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा अब्बल नतिजा हाँसिल गर्नेगरी काम गरिरहेको नगरप्रमुख रायाको तर्क छ ।

महालक्ष्मी नगरपालिका धनकुटाका नगरप्रमुख ध्रुवराज रायासँग अनलाइन सरोकारले गरेको भिडियो अन्तरवार्ता हेर्नुहोस् ।

प्रकाशित मिति : २०८०, १० भाद्र आइतबार ००:००  ४ : ०० बजे