२०८३, १० भदौ बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपद् जोखिम न्यूनिकरणमा मेलम्ची नगरपालिका सकृय



सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका विपद् जोखिम न्यूनिकरणमा सकृय बनेको छ । सम्भावित जोखिम आँकलन गरेर हुनसक्ने जनधनको क्षति रोक्ने देखि विपद्मा परेकाको उद्दार र राहत र पुनःस्थापनासम्मको नीति लिएर नगरपालिकाले काम गरेको हो ।

वर्षेनी विपद्का कारण मेलम्चीमा ठुलो जनधन र पूर्वाधारमा क्षति हुने गरेकाले विपद् रोक्न नसकेपनि पूर्व तयारीका साथ साबधानी अपनाएर हुनसक्ने क्षतिबाट बचाउन लागिपरेको मेलम्चीका नगरप्रमुख आइतमान तामाङले बताए । मेलम्चीको चुनौती नै विपद् भएकाले विपद् जोखिम न्यूनिकरणलाई प्राथमिकतामा राखेर काम गरिएको नगरप्रमुख तामाङको भनाई छ ।

मेलम्चीमा आएको बाढीले वर्षेनी वितण्डा मच्चाउँदै आएको छ । भूक्षय र बाढीको जोखिमयुक्त क्षेत्रमा पर्ने मेलम्ची नगरपालिकामा पूर्वाधारमा समेत वर्षेनी ठुलो क्षति हुँदै आएको छ ।

जनधनको क्षति रोक्न पूर्व सूचना दिने देखि सतर्कताका लागि सन्देश प्रवाह गर्ने काममा नगरपालिकाका सबै जनप्रतिनिधि खटिएका छन् । 

प्रकाशित मिति : २०८०, ११ भदौ सोमबार ००:००  १ : ०७ बजे