२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपद् जोखिम न्यूनिकरणमा मेलम्ची नगरपालिका सकृय


२०८०, ११ भाद्र सोमबार ००:००  

56
Shares

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका विपद् जोखिम न्यूनिकरणमा सकृय बनेको छ । सम्भावित जोखिम आँकलन गरेर हुनसक्ने जनधनको क्षति रोक्ने देखि विपद्मा परेकाको उद्दार र राहत र पुनःस्थापनासम्मको नीति लिएर नगरपालिकाले काम गरेको हो ।

वर्षेनी विपद्का कारण मेलम्चीमा ठुलो जनधन र पूर्वाधारमा क्षति हुने गरेकाले विपद् रोक्न नसकेपनि पूर्व तयारीका साथ साबधानी अपनाएर हुनसक्ने क्षतिबाट बचाउन लागिपरेको मेलम्चीका नगरप्रमुख आइतमान तामाङले बताए । मेलम्चीको चुनौती नै विपद् भएकाले विपद् जोखिम न्यूनिकरणलाई प्राथमिकतामा राखेर काम गरिएको नगरप्रमुख तामाङको भनाई छ ।

मेलम्चीमा आएको बाढीले वर्षेनी वितण्डा मच्चाउँदै आएको छ । भूक्षय र बाढीको जोखिमयुक्त क्षेत्रमा पर्ने मेलम्ची नगरपालिकामा पूर्वाधारमा समेत वर्षेनी ठुलो क्षति हुँदै आएको छ ।

जनधनको क्षति रोक्न पूर्व सूचना दिने देखि सतर्कताका लागि सन्देश प्रवाह गर्ने काममा नगरपालिकाका सबै जनप्रतिनिधि खटिएका छन् । 

प्रकाशित मिति : २०८०, ११ भाद्र सोमबार ००:००  १ : ०७ बजे