२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताराखोलाका किसान स्याउखेतीमा आकर्षित



बागलुङको ताराखोलाका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । स्थानीय सरकारले उत्पादन देखि बजारीकरण सम्म सहयोग गर्ने भएपछि ताराखोलाका किसान परम्परागत खेती त्यागेर स्याउ खेतीमा जुटेका हुन् ।

ताराखोला गाउँपालिका वडा नं. ५ ठुलो हिले कृषि तथा पशुपालन समूहको अगुवाइमा मपेस र ठुले हिलेमा १ सय ८० स्याउको बिरुवा रोपिएको छ ।  समुद्री सतहबाट २ हजार देखी ३ हजार सम्मको उचाइमा उत्पादन  राम्रो  हुने भएकोले स्याउ उत्पादनमा जोड दिइएको गाउँपालिका अध्यक्ष धनबहादुर वि.कले अनलाइन सरोकारसँग बताए । पालिकाभित्र जहाँ जे फल्छ त्यहाँ त्यो खेतीलाई आधुनिक र व्यवसायिक बनाएर किसानको आयस्रोत बढाउने लक्ष्य राखिएको अध्यक्ष वि.कको भनाई छ ।

१ हजार १ सयसम्म मुल्य पर्ने एउटा स्याउको बिरुवालाई ७५ प्रतिशतको अनुदानमा २ सय ७५ का दरले किसानलाई विरुवा वितरण गरिएको छ । बिरुवा लगाएको २ देखी ३ वर्षमा फल लाग्ने र एक बिरुवा बाट २० देखी ३० केजी सम्म उत्पादन गर्न सकिन्छ । बागलुङ ताराखोला गाउँपालिका कृषकहरू अहिले स्याउखेतिमा आकर्षित बन्दै गएका छन् ।  

प्रकाशित मिति : २०८०, ११ भाद्र सोमबार ००:००  २ : ४९ बजे