२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा र स्वास्थ्यका बेथिती सुधार्दै गुणस्तर बढाउँदै कालिन्चोक



दोलखाको कालिन्चोक गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रका बेथिती सुधारेर गुणस्तर बढाउने काम सुरु गरेको छ । खस्कँदो अवस्थामा रहेको सामुदायिक विद्यालयको शिक्षा र गुणस्तरता वृद्धिको आवश्यकता रहेको सरकारी स्वास्थ्य सेवाका क्षेत्रमा विगतदेखि मौलाएको बेथिती समाप्त गरेर नतिजा देखिनेगरी काम गर्ने गाउँपालिकाले नीति लिएको हो ।

पालिका भित्रका सबै वर्ग र क्षेत्रलाई समेटेर नीति, कार्यक्रम र बजेट तुर्जमा गर्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिएको गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले अनलाइन सराेकारसँग बताए । शिक्षा क्षेत्रमा रहेका अनेकौं समस्या हटाउने र सुरक्षित सुत्केरी, स्वास्थ्य परीक्षण, औषधी उपचार जस्ता स्वास्थ्य सेवा सबै नागरिक माझ पुर्याएर नागरिकका आधारभुत आवश्यकता पुरा गराईने उनको भनाई छ ।

कालिन्चोकले शिक्षा क्षेत्रमा यसवर्ष २ करोड १७ लाख ५४ हजार रकम विनियोजन गरेको छ । स्थानीय र थामी भाषाको पाठ्यपुस्तक छाप्ने, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुलाई सिसिटिभीबाट निगरानी गर्ने, डिजिटल हाजिरी मेसिन राखेर अनुगमन बढाउने, शिक्षकको क्षमता विकास गर्ने, ७० वर्ष माथिका क वर्गका अपाङ्गता भएका व्यक्तिको पालिकाले नै स्वास्थ्य बिमा गरिदिने जस्ता लोकप्रिय कार्यक्रम समेट्ने गरी बजेट ल्याएको छ ।

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार ००:००  २ : ४८ बजे