२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेशनल प्याब्सन काठमाडौं सचिवमा राजन श्रेष्ठको दर्विलो उम्मेदवारी



राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन नेपाल ‘नेशनल प्याब्सन’ काठमाडौं जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । यही भदौ २७ गते हुने  काठमाडौं जिल्ला समितिको आठौं अधिवेशनमा शैक्षिक क्षेत्रको एक शसक्त युवा अभियान्ताको पहिचान बनाएका श्रेष्ठले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठले काठमाडौं जिल्ला समितिमा २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । वर्तमान कार्यसमितिमा सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख भएर काम गरिरहेका श्रेष्ठ यस अघिल्लो कार्यकालमा स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

विगतका जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेको अनुभवका आधारमा ‘नेशनल प्याब्सन’ लाई थप गतिदिने भावि योजनासमेत तय गरेर सचिवमा उम्मेदवारी घोषणा गरेको श्रेष्ठले अनलाइन सरोकारसँग बताए ।

नेपालको शिक्षा क्षेत्रमा नयाँ आयाम दिन अग्रमोर्चामा खटिने श्रेष्ठ मनास्लु वर्ल्ड कलेजको प्रिन्सिपल हुन् । उनले अंग्रेजीमा एमफिल सकेर पिएचडी गर्दैछन् ।

विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठले नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका छन् । उनी प्याब्सकको अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार ००:००  ३ : ०१ बजे