वर्षाका कारण पहिरो र मेलम्चीको बाढीका कारण अवरुद्ध सिन्धुपाल्चोकको हेलम्बु सडक खण्ड ५ दिनपछि सुचारु भएको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा २ दिनसम्म लगाएर पहिरो पन्छाएपछि अवरुद्ध सडक खुलेको हो ।
अध्यक्ष शेर्पा निरन्तर प्रभावित क्षेत्रमै बसेर सडक सुचारु गराउन लागि परेका थिए । सडक अवरुद्ध हुँदा यात्रुलाई सकस परेकाले २ दिन लगाएर पहिरो पन्छाएर सडक सुचारु गराइएको अध्यक्ष शेर्पाले बताए ।
पहिरो पन्छाएपछि यात्रुबहाक बस सञ्चालनमा आएका छन् । राेकिएर बसेका यात्रु गन्तव्यमा लागेका छन् ।
हेलम्बु ढुंग्रे सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको थियो ।