२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मण्डनदेउपुरमा गरिबी निवारणका लागि महिलालाई सीप र सिलाई मेसिन हस्तान्तरण



काभ्रेको मण्डनदेउपुर नगरपालिकाका महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन सीप सिकाएर र सिलाई मेसिन हस्तान्तरण गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित एक महिने सिलाई कटाई सीप तालिमको समापन गर्दै सहभागिलाई प्रमाण पत्र वितरण र सिलाई मेसिन हस्तान्तरण गरिएको हो ।

सीप सिकाएर स्वरोजगार बनाइ उद्यमशिलता विकास गरेर आत्मनिर्भर बनाउन महिलालाई सिलाई कटाई तालिम र सिलाई मेसिन हस्तान्तरण गरिएको नगरप्रमुख टोक बहादुर वाईबाले बताए ।

वडा नम्बर ४ मा सञ्चालित तालिम समापनसत्रलाई सम्बोधन गर्दै नगरप्रमुख वाइबाले एक महिनाको प्रारम्भिक सीप हासिल गरेर काम थालनी गरेकालाई लक्षित गरी थप २ महिनाको एडभान्स कोर्ष सिलाई तालिम सञ्चालन गरिने बताए ।

नगरप्रमुख वाईबाले सिकेको सीपलाई व्यवहारमा लागुगर्न आग्रह गरेका छन् ।

प्रमाण पत्र वितरण र सिलाई मेसिन हस्तान्तरण कार्यक्रममा नगरपालिकाका रोजगार संयोजक सुरज पौडेल, उद्यम सहजकर्ता सरगम श्रेष्ठ लगायत सहभागी थिए ।

मण्डनदेउपुरले आर्थिक विकास र समृद्धिलाई स्थानीयको उत्पादन र आम्दानीसँग जोड्दै आएको छ ।

प्रकाशित मिति : २०८०, १३ भाद्र बुधबार ००:००  १० : ४० बजे