२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै सिन्धुलीको फिक्कल



सिन्धुलीको फिक्कल उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा रहेका क्षेत्रहरुलाई स्थानीय सरकारले प्रवद्र्धन गरेसँगै फिक्कल पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

महाभारत श्रृङखलामा पर्ने २ हजार ३ सय ८६ मिटर उचाईमा रहेको फिक्कल चुचुरो सिन्धुली जिल्लाकै सर्वोच्च शिखर हो । मनोरम दृश्यावलोकनका लागि प्रसिद्ध फिक्कल यस क्षेत्रकै महत्वपूर्ण पर्यटकीय स्थल हो ।

मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्डमा पर्ने फिक्कल गाउँपालिका भरीनै पर्यटनका आकर्षणका केन्द्रहरु छन् । राजधानीबाट नजिक रहेकाे र पूर्वी नेपालको यात्रामा हुनेहरु फिक्कल क्षेत्रमा घुम्न र रम्न रुचाउँछन् ।

सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका फिक्कल चुचुरोसहित महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती क्षेत्रबाट सुन्दर हिमश्रङ्खलाको दृश्यावलोकन गर्दै स्थानीय जातजातीको भाषा भाषि र झाँकीमा रमाउन र अर्गानिक उत्पादनको परिकारका स्वाद चाख्न पाइन्छ । सुनकोशी नदिमा र्याफ्टीङमा रमाउन सकिन्छ ।

सिन्धुलीको फिक्कल डाँडा ओखलढुंगाको सुनकोशी क्षेत्रका डाँडाबाट प्याराग्लाइडीङ गर्न झन उत्कृष्ट ठाउँ छ ।

ऐतिहासिक फिक्कल चुचुरोको नामबाट नामाकरण भएको फिक्कल गाउँपालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रचारप्रसार र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर ब्रान्डिङ र बजारीकरण गरिरहेको छ । पर्यटनलाई फिक्कलको समृद्धिको आधारमा रुपमा अघि बढाउने लक्ष्यका साथ काम भईरहेको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारको भनाई छ ।

फिक्कलमा अध्यक्ष पार्वती सुनुवार र उपाध्यक्ष राजु बराल नेतृत्वका अनुभवी उर्जाशिल युवा जनप्रतिनिधि सकृय छन् ।

फिक्कलको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहकै अगुवाइमा यहाँ बेला बेलामा मेला महोत्सव जस्ता कार्यक्रमहरु भईरहेका छन् ।

स्थानीय तहको पर्यटन प्रवद्र्धन नीतिलाई संघ तथा प्रदेश सरकार र पर्यटनका क्षेत्रमा काम गर्ने निकायहरुले साथ दिने हो भने फिक्कलको राजधानी नजिकको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र यहाँको समृद्धिको आधारका रुपमा पर्यटनले भूमिका खेल्ने निश्चित छ ।

प्रकाशित मिति : २०८०, १३ भाद्र बुधबार ००:००  ४ : २३ बजे