२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको काकाकुल गाउँ जुकोटमा पानी पुग्यो :’एक घर एक धारा’अभियानमा स्वामीकार्तिक खापर



बाजुराको जुकोटमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । पानी अभावमा युगाैंदेखि  काकाकुल बनेको स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नम्बर ३ जुकोटमा गाउँपालिकाको पहलमा खानेपानी पुगेको हो ।

आयोजना सम्पन्न भएसँगै उद्घाटन गरेर स्थानीयलाई हस्तान्तरण गरिएको छ । स्वच्छ पानी खानपाए पछि जुकोटका स्थानीय खुसी भएका छन् ।

पालिका भित्रका सबै नागरिकलाई खानेपानीको सहज पहुँचमा ल्याउँदै एक घर एक धाराको  अभियान चलाएको स्वामीकार्तिक खापर गाउँपालिकाले पालिकाका पानी अभाव भएका क्षेत्रहरुमा खानेपानी आयोजना सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले अनलाइन सरोकारसँग बताए ।

विगतका स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश गाउँबस्तिमा खानेपानीको चरम संकट थियो । पानी जुटाउन यहाँका स्थानीय घण्टौं परसम्म जाने र बोकेर ल्याएको थोरै पानीले आवश्यकता पुरा गर्न बाध्य थिए । स्थानीय तहको पहलमा खानेपानीका आयोजना बन्ने र घरघरमा स्वच्छ खानेपानीको सुविधा पुग्नेक्रम बढेसँगै स्थानीयका पानी नै खान नपाउने दुःखका दिन विस्तारै समाप्त हुँदै गएका छन् ।

प्रकाशित मिति : २०८०, १३ भाद्र बुधबार ००:००  ५ : २३ बजे