२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक शिक्षाको गुणस्तर सुधार्दै हलेसी : एसइइमा उत्कृष्ट विद्यालय र विद्यार्थी पुरस्कृत



खोटाङको हलेसी तुवाचुङ नगरपालिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लागेको छ । मावन विकासको सुचकांकमा अब्बल स्थानीय तह बनाउने लक्ष्य राखेको हलेसीले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिएको हो ।

नीति, कार्यक्रम र बजेटमा शिक्षालाई जोड दिएको नगरपालिकाले अन्य कार्यक्रम पनि मानव विकासका सवालमा केन्द्रित गर्दै आएको छ । सफलता, सन्तुष्टी र सम्मानमा रमाउने मानव समुदायमा मानव पुँजी निर्माण नभएसम्म भौतिक विकासले मात्रै अर्थ नराख्ने भएकाले शैक्षिक विकास र गुणस्तर सुधारमा जुटेको नगरप्रमुख विमला राईले बताइन् ।

विद्यालयका पूर्वाधार निर्माण, दरबन्दि मिलान, अंग्रेजी माध्यमको पठनपाठन, दिवा खाजा तथा छात्रवृत्तिको प्रभावकारी र न्यायोचित वितरण गर्दै आएको हलेसीले गाउँकै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने लक्ष्य लिएको छ । नगरको शैक्षिक नीतिलाई सफल बनाउन सबै पक्षको भूमिका हुने नगरप्रमुख राईको भनाई छ ।

यसैबीच हलेसी तुवाचुङ नगरपालिकाले एसइइमा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेको छ । एसइइमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय र नगरपालिकाबाट एसइइमा उत्कृष्ट हुने विद्यार्थी कलाराईलाई पुरस्कृत गरेको हो । उत्कृष्ट विद्यार्थीलाई ल्यापटप, नगद र विद्यालयहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०८०, १४ भाद्र बिहीबार ००:००  ३ : १० बजे