२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रविधिमैत्री बन्दै प्रतापपुर गाउँपालिका



पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका प्रविधिमैत्री बन्दै गएको छ । गाउँपालिकाले सेवा प्रवाह र सुशासनमा प्रविधिको प्रयोगमा जोड दिएका हो ।

घटना दर्तासहितका सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको प्रतापपुरले सिसिक्यामेराबाट गाउँपालिका मातहत कार्यालहरुको नियमन गर्न पनि थालेको छ ।  सिसिक्यामेराको जडानबाट सेवा प्रवाहमा सहजता र सुधार ल्याउन मद्दत मिलेको र यसले कर्मचारीमा पनि कामप्रति जवाफदेहि भएको गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

गाउँपालिकाले पालिका भित्र रहेका सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, गाउँपालिकाका सबै शाखा र पालिका भित्रका मुख्य बजार तथा चोकहरूमा सिसिक्यामेरा जडान गरेको छ ।

गाउँपालिकाका नौ ओटा वडा कार्यालय, नौ ओटा स्वास्थ्य संस्था र २३ ओटा विद्यालयको कार्यालय शाखामा सिसिक्यामेरा जडान गरी गाउँपालिकाबाटै नियमन गर्ने गरिएको छ ।

बजार चोक बाहेक बाँकी पालिका मातहतका कार्यालयको क्यामेरा मार्फत गरिने निगरानीले धेरै समस्या तत्कालै समाधान गर्न सहयोग पुगेको छ ।

स्वास्थ्य संस्थामा चेकजाँच कक्ष बाहेक बाहिरी तथा फार्मेसिमा क्यामेरा जडान गरी सेवाग्राहीको चाप, स्वास्थ्यकर्मीको उपस्थितिको निगरानी गर्ने गरिएको छ । भिडभाड बढेमा गाउँपालिकाबाटै निगरानी गरेर के समस्या हो समाधान गर्ने गरिएको छ । 

सबै ठाउँमा ई–हाजिरीको व्यवस्था गरिएको छ भने ल्यान्डलाईन फोनमा ईन्टरकमको व्यवस्था गरी अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाटै तत्कालै टेलिफोन सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै पालिकामा टोलफ्रि नम्बरको पनि व्यवस्था गरिउको छ । गाउँपालिकामा पालिकावासीले कुनै पनि कुरा राख्न टोल फ्रि नम्बरमा निःशुल्क फोन गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।  

प्रकाशित मिति : २०८०, १४ भाद्र बिहीबार ००:००  ४ : ३० बजे