गोकर्णेश्वर नगरपालिकाको वासुकीनगर टोलमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । वडा नं ५ वासुकी टोलमा ६३ लाखको लागतमा बनेको खानेपानी आयोजना उद्घाटन गरिएसँगै सञ्चालनमा आएको हो ।
नगरपालिका र वडाको सहयोहलमा पिस नेपालबाट वासुकीनगर टोेल भित्रसम्म करिब २ सय घर धुरीका लागि खानेपानी र बाटो ढल, ढलान गरिएको नगरप्रमुख दिपक रिसालले बताए । खानेपानी क्षेत्र नगरपालिकाको पहिलो प्राथमिकताको विषय भएकाले नगरभित्रका जनतालाई शुद्ध खानेपानी विस्तारका लागि कुनै कसुर बाँकी नराखिने प्रमुख रिसालको भनाई छ ।

संघिय सांसद तथा संसदको अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको खानेपानी तथा ढल ढलान आयोजना उद्घाटन कार्यक्रमलाई प्रदेश सांसद छिरिङ दोर्जे लामा, नगरप्रमुख दिपक रिसाल, नगरप्रवक्ता एमन् वडाअध्यक्ष नारायणबहादुर सुवेदीलगायतका जनप्रतिनिधिले सम्बोधन गरेका थिए ।

खानेपानीका योजना लिएर नगरपालिका पुग्ने नगरबासीका माग गोकर्णेश्वरले तत्काल सम्बोधन गर्दै आएको छ ।
नगरपालिकाले शुद्ध खानेपानीको पहुँच विस्तार गरेपछि गोकर्णेश्र ५ को वासुकीनगरका स्थानीय खुसी भएका छन् ।