२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माईजोगमाईका प्रशासकीय र लेखा अधिकृतले कार्यकक्षमै गरे अश्लिल हर्कत !



इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत रेश्मा राई बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ ।
उनीहरु बीचको अनैतिक क्रियाकलापको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

। उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र महिला लेखा अधिकृतले कार्यालयमै हर्कत गरेको उल्लेख छ ।
प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ । भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो ।

महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै कुरेर बसेका प्रशासकीय अधिकृतले आउने वित्तिकै अँगालो हाल्छन् र चुम्वन गर्छन् । यस्तै, महिलाले पनि राईको गाला सुम्सुम्याउने गरेको देखिएको छ ।
त्यसपछि महिला कर्मचारीले खाममा रहेको पैसा गन्न दिन्छिन् ।

अधिकृत राईले पैसा गनेर पुनः महिला कर्मचारीलाई दिएको देखिन्छ । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले आफूले पनि सामाजिक सञ्जालबाट उक्त कुरा थाहा पाएको बताए ।

अहिले यि दुई कर्मचारीको हर्कतको सर्वत्र आलोचना भईरहेको छ ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार ००:००  ३ : ०० बजे