२०८२, ७ माघ मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुकुरी हानेर कांग्रेस सकाउँछु र टाउकाले हिर्काएर पर्वत खसाउँछु भन्नु एकै हाे : लेखक





नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले खुकुरी प्रहार गरेर कांग्रेस नमर्ने बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै लेखकले कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित ढंगले पर्वत झैं उभिएको पार्टी भएको बताउँदै खुकुरी हानेर कांग्रेस सकाउँछु भन्नु र टाउकाले हिर्काएर पर्वत खसाउँछु भन्ने एकै रहेको बताए।

उनले विभिन्न बहानामा व्यवस्थामाथि आक्रमण भइरहेको बताउँदै कृतिम भाष्यहरू निर्माण गरेर व्यवस्थालाई कमजोर पार्न उठेका खुकुरी राम्ररी चिन्नुपर्ने बताए।

तर, कुनैपनि कृतिम भाष्य निर्माण गरेर लोकतन्त्र समाप्त नहुने उनको भनाइ छ।

‘संसारको इतिहासमा पहाडसँग जुध्नेहरूको टाउको फुटेको छ। तर पहाड फुटेको इतिहास छैन। खुकुरी प्रहार गर्दैमा कांग्रेस एमाले माओवादी लगायतका संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक दलहरु पुराना हुन्, खराब छन्, तिनीहरूले यो मुलुकलाई निकास दिन सक्दैन भन्ने कृतिम भाष्य तयार गरेर लोकतन्त्र समाप्त पार्ने कसैको चाहना छ भने त्यो दिवास्वप्न हुनेछ,’ उनले भने।

उनले श्याम बहादुर सापकोटाको हातमा खुकुरी देखिएतापनि खुकुरी श्यामबहादुरकै हातमा हो कि उनीसम्म कसैले पुर्‍यायो भन्ने विषय प्रधान रहेको बताए ।

‘खुकुरीको को लक्ष्य महेन्द्र यादव मात्रै हो कि लक्ष्य त्यो भन्दा अगाडि छ? यो प्रहार यहीनेर रोकिन्छ कि अगाडि बढ्छ?,’ यी सबै विषयमा सरकारले जवाफ दिन सरकारसँग उनले माग गरे।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार ००:००  ३ : १४ बजे