२०८२, २ असार सोमबार | Mon Jun 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचथरको तुम्बेवामा ‘मेरो पालिका मै बनाउँछु’ अभियान सुरु

जनश्रमदानको नेतृत्व गर्दै पालिका अध्यक्ष खड्का



पाँचथरको तुम्बेवामा ‘मेरो पालिका मै बनाउँछु’ अभियान सुरु भएको छ । स्थानीय सरकारको नीति अनुरुप जनश्रमदान मार्फत नागरिक सहभागितामा विकास निर्माणका काम गर्ने गरी यो अभियान सुरु गरिएको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको पहिलो बुँदामा ‘मेरो पालिका मै बनाउँछु’ अभियान अन्तरगत पालिका अध्यक्षको नेतृत्वमा बृहत जनश्रमदान कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

भौगोलिक हिसाबले विकट र चुनौतीपूर्ण रहेपनि स्थानीय सरकारले नागरिकका सबै माग र आवश्यकता पुरा गर्नेगरी स्रोत परिचालन र श्रमदानबाट काम गरिरहेको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले बताए ।

तुम्बेवामा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र पर्यटन विकासका योजनालाई प्राथमिकतामा राखेर काम गरेको अध्यक्ष खड्काको भनाई छ ।

तुम्बेवा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माण, पार्क निर्माण, पालिका र वडाका केन्द्रका सडकहरु ढलान गरी आसपासमा गमला राख्ने काम भईरहेको छ ।

आन्तरिक स्रोत र संघिय अनुदान सिमित रहेको तुम्बेवाले प्राप्त स्रोतको उच्चतम् सदुपयोग गरेर काम गरिरहेको छ ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार ००:००  ८ : २४ बजे