२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग हचुवाको प्रस्ताव होइन, गौरवको योजना हो : अध्यक्ष शेर्पा



सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बु–याङ्री –लार्के सुरुङमार्ग हचुवाको प्रस्ताव नभई दिर्घकालिन महत्वको योजना अघि सारेको बताएका छन् । हेलम्बु गाउँपालिका– १ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरेका अध्यक्ष शेर्पाले यो योजनाले यस क्षेत्रको विकासमा टेवा पुग्ने बताएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरूङमै थप गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । सोही प्रयोजनका लागि थप नौ किलोमिटर ‘टनेल’ निर्माण गर्दा हेलम्बुको मुहानबाट याङ्री मुहानसम्मको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सहज हुने गरी सुरुङमार्ग बनाउन मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका अध्यक्ष शेर्पाले प्रस्ताव गरेका हुन् ।

आयोजना निर्माणकै क्रममा यातायातसहितको टनेल बनाइए हेलम्बु र पाँचपोखरी क्षेत्रमा पर्यटन प्रवद्र्धन हुने, आन्तरिक तथा बाह्य पर्यटकहरु मेलम्चीको पानीको मुहानसम्म सहज रुपमा घुम्न आउने र स्थानीयलाई आवतजावतमा सहज हुने र विकासमा समेत टेवा पुग्ने अध्यक्ष शेर्पाको भनाई छ । ‘हेलम्बु–याङ«ी–लार्के सुरुङमार्ग हचुवाको प्रस्ताव होइन, दिर्घकालिन महत्वको योजना हो ।’ अध्यक्ष शेर्पाले अनलाइन सरोकारसँग भने, ‘यो प्रस्ताव पारित गरेर जसरी पनि काम अघि बढाउन लागेको छु । आखिर त्यहाँ पानी ल्याउन सुरुङ बनाउनै पर्नेछ यहि बेला डिजाइन शंसोधन गरेर काम सुरु गर्न सकिन्छ ।’ याङ्री र लार्केको पानी काठमाडौँ लैजानका लागि निर्माण हुने टनेलको डिजाइन गर्दा पानीसँगै यातायात आवतजावतका लागिसमेत सहज हुने गरीे बनाउन पहल थालेको उनको भनाई छ ।

अध्यक्ष शेर्पाको प्रस्तावमा मेलम्ची खानेपानी विकास समितिले सकारात्मक प्रतिक्रिया दिएर यस विषयमा छलफल थालिसकेको छ ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार ००:००  ११ : २६ बजे