२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परिणाममुखी शैक्षिक विकासमा मानेभञ्ज्याङ



ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले परिणाममुखी शैक्षिक विकासमा जोड दिएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक अवस्थालाई सुधार गर्दै गाउँकै विद्यालयमा गुणस्तरिय शिक्षाको सुनिश्चितता गराउन गाउँपालिका लागेको हो ।

विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दि मिलान, शैक्षिक पूर्वाधार विकास, स्थानीय उत्पादनको अर्गानिक परिकारसहितको दिवा खाजा, शिक्षकहरुका लागि पुनर्ताजगी, विद्यार्थीका लागि व्यक्तित्व विकाससहितका अभियान थालेको मानेभञ्ज्याङले गाउँका विद्यालयमा युग सुहाउँदो गुणस्तरिय शिक्षा दिएर शिक्षाकै खोजीमा हुने नागरिक पलायन रोक्ने लक्ष्य राखेको छ ।

सामुदायिक विद्यालयका समस्या पहिचान गरेर दिगो व्यवस्थापनमा जुटेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । शिक्षाको खोजीमा शहर जानुपर्ने र महंगो शुल्क तिर्नुपर्ने बाध्यातमक परिस्थितीको अन्त्य गर्दै गाउँकै नमुना विद्यालयबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिने अध्यक्ष रुम्दालीको भनाई छ ।

मानेभञ्ज्याङले विद्यालय शैक्षिक गुणस्तर सुदृढिकरण एवम् कार्यसम्पादनमा आधारित अनुदान तथा प्रोत्साहन गर्ने नीति लिएको छ । चालु आवको नीति, कार्यक्रम तथा बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा जोड दिइएको छ ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार ००:००  १२ : ५० बजे